सुनसरी: सुनसरीको ईटहरी १२ खनार चोकमा संचालमा रहेको रिलाईन्स स्पेनिङ मिल्स प्रालिमा आगोलागी भएको छ । 

हिजो मंगलबार भएको आगलागीबाट करोडौको क्षेती भएको प्रहरीले जनाएको छ । दिउसो साढे १ बजे फ्याक्ट्रीमा रहेको कम्पे्रशर मेशिन अचानक पडकिएर आगोलागी भएको थियो । उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोगमा बेलुका ३ बजे मात्र पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगोबाट करिब १० करोड बराबरको क्षती भएको जनाएको छ ।