झापा: झापाको मेचिनगर नगरपालिका १३ चारआली चौकस्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । 

हिजो मंगलबार बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाईकल चालक मोरङ पथरीशनिश्चरे नगरपालिका ९ का २१ बर्षीय प्रवेश बयलकोटी घाईते भएका थिए ।

उनलाई उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाईकल पछाडी सवार २२ बर्षीय सागर लिम्बु सामान्य घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको छ ।