धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना सक्रमित वृद्धाको मृत्यु भएको छ । 

इटहरी २ सुनसरीकी ७८ बर्षीया वृद्धाको आज दिउँसो १ बजेर ५८ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उच्च रक्तचापको विरामी रहेकी वृद्धालाई चैत २४ गते कोभिड पुष्टि भएको थियो । उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।