झापा: झापाको भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक बन कार्यालय अघि सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ७५ बर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् । आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलितर्फ जादै गरेको मे १ क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको मे १ ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।