धरान: आज बिहान एक्कासी मौषम वदलिएर बर्षासँगै आएको हावाहुरीले विजुलीको पोलहरुमा क्षति पुगेपछि धरानमा विद्युत अवरुद्ध भएको छ । 

धरानस्थित विद्युत वितरण केन्द्रका अनुसार ठाउँ ठाउँमा विजुलीको पोल लडेको र जंगल क्षेत्रमा रुखले पनि क्षति पुर्याएको छ । अहिले विद्युतको टोली क्षति पुगेको ठाउँहरु पत्ता लगाउन र मर्मतमा जुट्न स्थलगत अवलोकन गरिरहेको केन्द्रका प्रमुख प्रताप वरालले जानकारी दिए । 

प्रमुख वरालका अनुसार पोल लडेको क्षेत्रहरुको पहिचान भएपछि अन्यत्रमा दिउँसो २ बजेसम्म विजुली सुचारु हुने सम्भावना रहेको छ । ‘धेरै ठाउँमा पोल लडेको जानकारी आइरहेको छ, बनाउनको लागि १, २ बज्न सक्छ,’उनले भने ।आज बिहान करिब धरानलगायत पुर्वक्षेत्रमा हावाहुरी, चट्यांगसँगै ठुलो बर्षा भएको थियो ।