धरान: यात्रु लिएर विराटनगरबाट धनकुटाको जितपुर जादै गएको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 

धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ स्थित भोजपुरे गोलाईमा मध्याह्न साढे १२ बजे बस पल्टिएको हो । दुर्घटनामा घाइते मध्ये ५ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अन्य घाइते सामान्य रहेकोले घर तर्फ गइसकेका छन् । वीपीमा उपचाररत घाइतेहरुको अवस्था पनि सामानय छ । 

भेडेटारस्थित प्रहरी चौकीका अनुसार को १ ख ७७७९ नम्बरको बस अचानक ब्रेक फेल भइ सडकको दाहिने किनारमा पल्टिएको थियो । दुर्घटनामा परेका बसका यात्रुहरु अधिकांशलाई धनकुटा, सिधुवालगायत सम्बन्धित गन्तव्यसम्म प्रहरीले पठाइसकेको छ भने सामान भएका यात्रुहरु आफै गाडीको व्यवस्था गरेर जाने तयारीमा छन् । गाडी चालक चिरन लिम्बु प्रहरी नियन्त्रणमा छन् । टर्निंगमा अचानक ब्रेक जम भएर बस पल्टिएको चालक लिम्बुले प्रहरीलाई वयान दिएका छन् । bus-accid