धरान: पार्किङ गरि राखेको मोटरसाइकल धरानको छुटट छुट्टै स्थानबाट चोरी गर्ने ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान ८ बुद्धमार्गका २२ बर्षीय रोशन मास्के र धनकुटाको साँगुरीगढी ८ तातोपानीका १९ बर्षीय रवि राई रहेका छन् । उनीहरुले मंगलबार राती करिब १२ बजे धरान १९ स्थित धनकुटे रोड सडक खण्डमा सञ्जय विश्वकर्माले पार्किङ गरि राखेको को १८ प ३९७९ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेका थिए । ईलाका प्रहरी कार्यालयमा घटनाबारे निवेदन परेपछि खोजी गर्ने क्रममा धरान २० स्थित सुन्तले भन्ने ठाउँबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । 

डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार बुधबार सुन्तलेमा सवारी साधन चेकजाँच गर्नेक्रममा रोशनले मोटरसाइकल चलाएका थिए भने पछाडि रवि चढेका थिए । उनीहरु चोरीको मोटरसाइकलमा विष्णुपादुका हुँदै धनकुटातर्फ जादै गरेको अवस्थामा पक्राउ परेको डिएसपी बस्नेतले जानकारी दिए । दुवैलाई चोरी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


यसैरि, चैत ३० गते राती धरान ४ स्थित मनशान्त होटलअघि पार्किङ गरेको मनिष लिम्बुको को १४ प ६४४४ नम्बरको मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल खोजी गर्ने क्रममा बुधबार राती धरान १५ श्याम चोकस्थित राज राईले चलाएको ग्यारेजबाट भिआर कम्पनीको मोटरसाइकलहरुको पाटपुर्जा खोलेर अर्कोमा हाल्दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले तत्काल मोटरसाइकल धनी मनिषलाई बोलाएर देखाउदा आफ्नो चोरी भएको मोटरसाइकल भएको सनाखत गरेपछि प्रहरीले ग्यारेज सञ्चालक राज राईसहित बिषन श्रेष्ठ र अल्बर्ट लिम्बुसमेतलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई पनि चोरी मुद्दामा म्याद थप गरि कारबाही अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।