धरान: धरानमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार एक महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको स्वाब परीक्षणमा धरान १८ की ५३ बर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै, धरान १८ कै २६ बर्षीय पुरुष, धरान १२ का ३८ बर्षीय पुरुष र वडा नखुलेका धरानकै एक पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको छ । 

कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि एक सातामा नै धरानमा ६० भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । बैशाख ३ गते यता आजसम्म धरानमा ६३ जनामा कोरोना पुष्टि भइसकेको स्वास्थ्य महाशाखाले जनाएको छ ।