ताप्लेजुङ: ताप्लेजुङ मेरिङदेन गाउँपालिका २ जिदिमामा भरुवा बन्दुक प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ । 

सोही स्थानका २९ बर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानेर ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका हुन् । हिजो बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको बेला आकाशले एक्कासी बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । 

बन्दुक प्रहार गर्ने आकाशलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थलदेखि करिब ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्या गरेको कारण भने तत्काल नखुलेको सो कार्यालयले जनाएको छ ।