सुनसरी: सुनसरीको दुहबी नगरपालिका ८ फुटानी चोकमा रहेको पशुपती फ्याक्ट्रीका एक भारतीय मजदुरको लिफ्टमा चेपिएर मृत्यु भएका भएको छ । 

प्रहरीका अनुसार भारतको बिहार सम्सतिपुरका १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको हो । मंगलबार बेलुका ९ बजे फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।