मोरङः मोरङको उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे  बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरील पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा उर्लाबारी ४ का २१ बर्षीय सागर तामाङ् र १७ बर्षीय दिपेश राजवंशी रहेका छन् । हिजो मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट प्रतिबन्धीत औषधी ट्रमोल-१०० चक्की र डिकोलिक -१०० चक्की वरमद गरिएको ईलाका प्रहरी कार्यालय उर्लबारीले जनाएको छ ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



