विराटनगर: प्रहरीले विराटनगर महानगरपालिका वडा नं १६ दरैयाबाट एक भारतीयलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको अररियाका २२ बर्षीय रुपेश ठाकुर रहेका छन् । उनलाई हिजो मंगलबार साढे ५ बजेर भारतीय नम्बर प्लेटको मोटरसाईकलमा विराटनगरतर्फ आउदै गर्दा ईलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो ।

प्रहरी टोलीले चेकजाँचको क्रममा उनको साथबाट ५०० दरको भारतीय नोट ७७ थान अर्थात ३८ हजार ५ सय, नेपाली रूपैया १००० दरको २६ थान, ५०० दरको ४० थान, १०० दरको ६ थान र १० को १ थान गरि ४६ हजार ६१० फेला पारेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई  ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।