धरान: धरान १९ चौकीबारी निवासी पुर्व वृटिस गोर्खा आर्मी तथा समाजसेवी केवल वहादुर सेरेङ चोङवाङ लिम्वुले स्वर्गीय श्रीमति आइतमाया सेरेङ चोङवाङ लिम्वु र परिवारको तर्फबाट सेरेङ चोङबाङ संस्थाको भवनमा छत (ट्रस्ट) निर्माण गरिदिएका छन् ।
उक्त ट्रष्टको शुक्रवार उद्घाटन गर्नुकासाथै हस्तान्तरणसमेत गरिएको छ । उनले निधन भएका आफ्नो बुबा श्यामवहादुर सेरेङ चोङवाङ, आमा विर्खमति सेरेङ चोङवाङ तवेवुङ, ससुरा दलवहादुर आङवाङ, सासु जयरानी आङवाङ मुदेन्छोङ सावा, माइली छोरी रमिता सेरेङ चोङवाङ र नातिनि सुम्निमा वान्तावा राईको स्मृतिमा संस्थालाई छत निर्माण गरिदिएका हुन ।
निर्माण गरिएको छतको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका सभाध्यक्ष सेरेङ चोङवाङ संस्था सुनसरीका अध्यक्ष गजेन्द्र सेरेङ चोङवाङ लिम्वु र सहयोग दाता केवल वहादुर सेरेङ चोङवाङले संयुक्त रुपमा छतको शिलालेखलाई छोपिएको कपडा उघारेर गरेका थिए । धरान ८ सिदार्थ मार्गस्थित भवनको छत निर्माण तिन लाख रुपैयामा संपन्न भएको संस्थाका अध्यक्ष गजेन्द्र लिम्वुले जनाए । निर्माणका लागि सम्पुर्ण खर्च केवलवहादुर सेरेङ चोङवाङ परिवारले उपलव्ध गराएको उनले जनाए ।
कार्यक्रममा वोल्ने क्रममा कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले रचनात्मक कार्यको लागि केवलवहादुर परिवारलाई धन्यवाद दिएका थिए । पुर्व व्रिटिस गोर्खा सैनिक समेत रहेका केवल वहादुर सेरेङले आप्mनो जातिय संस्था संगै समस्यमा परेका असहाय तथा विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
उनले विभिन्न भौतिक पुर्वाधार निर्माणमा, एचआइभि संक्रमित तथा प्रभावित वालवालिकाको शिक्षाको लागि, भुकम्प पीडितका लागि, लकडाउनका कारण समस्यमा परेका तथा वाढि पिडित लगायत असहायहरुलाई निरन्तर सहयोग गर्दै आइरहेका छन । कार्यक्रममा संस्थाका संस्थापक मानवहादुर सेरेङ चोङवाङ, भिमराज सेरेङचोङवाङ लगायत संस्थाका सदस्यहरु र सहयोग दाता केवल वहादुर सेरेङका परिवारहरुको उपस्थिति रहेको थियो । तस्विरः विकास चाम्लिङ राई