धरान: १३० औं अन्तराष्ट्रिय श्रामिक दिवस (मजदुर दिवस) को अवसरमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले श्रमिकहरुको जीवन रक्षा गर्न सरोकारवाला पक्षको ध्यानकर्षण गराएका छन् ।

प्रदेश प्रमुख अधिकारीले आज एक शुभकामना सन्देशमार्फत कोरोना महामारीले सबैभन्दा बढी मजदुर र श्रमिक बर्ग नै जीवनसँग कठिन लडाई लडिरहेको उल्लेख गर्दै सकोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् । उनले विषम परिस्थितिमा श्रामिकहरुको जीवन रक्षाका लागि सम्बन्धित सबै सरोकारवाला पक्षले ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । जसको श्रामले संसार बाँचेको छ, उसको सम्मान हुनुपर्छ शास्वत सत्य यही हो, सन्देशमा भनिएको छ ।

अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलनमा श्रामजिवी वर्गले पुüयाएको योगदानको उच्च सम्मान पनि व्यक्त गरेका छन् । साथै,े महामारी विरुद्धको लडाईको अग्रमोर्चा सम्हालिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उचित सुरक्षाको सुनिश्चितता र श्रामको उचित सम्मानजनक मुल्याङ्कन गर्न साथै महामारीलाई परास्त गर्ने उच्च मनोबल प्राप्त होस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।