धरान: एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु पाँच दिनको लागि बन्द गरिएको छ ।

कार्यालयको स्टोर किपरलाई संक्रमण पुष्टि भएको र अन्य केही कर्मचारीहरुलाई पनि कोभिडको लक्षण देखिएको कारण भोली सोमबारदेखि बैशाख २४ गतेसम्मको लागि सेवाहरु बन्द गरिएको हो । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पोखरेलले अन्य सबै कर्मचारीहरु कन्ट्याक ट्रेसिङमा परेको कारण अत्यावश्वयकबाहेकका सेवाहरु बन्द गर्नुपरेको हो ।

यो अवधिमा स्वास्थ्य सेवा, वारुण यन्त्र, फोहोर मैला व्यवस्थापनको मात्र सेवा प्रवाह हुनेछ भने समय सीमाको कारण भुमी आयोग सम्बन्धी कार्यालयको आन्तरिक काम मात्र हुने नगरपालिकाले जनाएको छ । 

barah