धरान: तीन दिनअघि धरान १८ स्थित बुद्धचोकमा एउटा घर मुनि सडक पेटीमा दुई बालकहरु मस्त निदाईरहेका थिए । बर्षा पनि भइरहेकोले उनीहरु कतै जान पाएका थिएनन् । 

धरानका मेयर तिलक राईको घर पनि बुद्धचोक नै हो । उनले ती दुई बालक देखेपछि नगर प्रहरीलाई खबर गरे । कोरोना संक्रमण तिब्रदरमा बढीरहेकोले उनीहरूलाई सडकबाट उदार गर्नु जरुरी थियो । मेयर राईको कल पछि केहिबेरमा नगर प्रहरी आएर ती बालकलाई उठाएर गाडीमा हाल्ने प्रयास गर्दा निक्कै सकस पर्यो । दुवै बालक गाडीमा प्रवेश गर्न मानेनन् । निक्कै वल गरेर नगर प्रहरीले उनीहरुलाई गाडीमा हालेर लिएर गए । 

आखिर को थिए ती बालकहरु ? उनीहरु कसरी सडकमा आइपुगे ? नगर प्रहरीले उठाएर कहाँ पुर्याए ? यही बारेमा हामी सोधखोज गर्यौ । नगर प्रहरी निरीक्षक विष्णु कोइरालाका अनुसार ती बालकहरु धरान १६ का १० बर्षीय आयुष आचार्य र धरान ८ का ११ बर्षीय मनिष खड्का हुन् । उनीहरु दुवै विगत ३ महिनादेखि घरबाट हिडेका रहेछन् । उनीहरुलाई बुद्धचोकबाट उद्दार गरेकै दिन परिवार खोजेर जिम्मा लगाएको कोइरालाले जानकारी दिए । 'शुरुमा त घर ठेगाना सही बताएनन् । निक्कै सोधीखोजी गरेपछि मात्र भने, र पछि अभिभावकको जिम्मा लगायौं,'निरीक्षक कोइरालाले भने । 

sadak

उनका अनुसार मनिष धरान ८ भोटेपुलमा ठुलो बुबाको संरक्षणमा बसेका छन् । उनको आमा बुबा साथमा छैनन् । ठुलो बुबासँग निहुँ खोजेर घरबाट ३ महिनाअघि मनिष हिडेका रहेछन् । नगर प्रहरीले उनलाई ठुलो बुबाकै जिम्मा लगाएको छ । अर्का बालक आयुष आमासँग धरान १६ मा बसेका छन् । उनलाई आमाकै जिम्मा लगाइएको कोइरालाले बताए । अभिभावकको जिम्मा लगाएका दुवै बालकबारे गस्तीको क्रममा त्यसक्षेत्र पुग्दा सोधीखोजी गरिरहेको र उनीहरु घरमा नै बसिरहेको उनले जानकारी दिए । 'उनीहरु घरमा नै छन । सडकमा आउनुको कारण पारिवारिक वातावरण नभएर, राम्रो संरक्षण नपाएर हो भन्ने लागको छ, 'उनले भने । 

sadak1