इटहरी: कोरोना महामारीमा घरबाट नै सर्वसाधारणलाई स्वास्थ्य सेवा लिन पाउने गरि इटहरीमा टेलिमेडिसिन सेवा शुरु भएको छ । 

इटहरी उपमहानगरपालिले सञ्चालन गरेको इटहरी अस्पतालले टेलिमेडिसिन सेवा शुरु गरेको हो । इटहरी क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य उपचारबारे सल्लाह तथा परामर्श दिने उद्देश्यले कोभिड १९ रोगको महामारी अवधी भरको लागि यो सेवा शुरु गरिएको हो । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमवाट  उपचार सेवा सुरु गरिएको इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिए । 

टेलिमेडिसिन सेवा लिन चाहनेले प्रत्येक दिन विहान १० देखि २ वजे सम्ममा मोवाईल नं ९७४१७७७७०१ वा ०२५५८०१५० मा फोन गरेर स्वास्थ्य समस्या टिपाउनुपर्ने हुन्छ । हालसम्मको ओपिडी पूर्जा, रिर्पोट तथा अस्पतालको अन्य कागजपत्रहरु सोही नंम्वरको वाट्सएप वा इटहरी अस्पतालको फेसवुक पेजमा पठाउनुपर्ने जनाइएको छ । त्यसपछि, इटहरी अस्पतालको सम्वन्धित चिकित्सक वा स्वास्थ्यकर्मीहरुले विरामीको स्वास्थ्य समस्या अनुसार सल्लाह र परामर्श दिइने छ ।