धरान : बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानको कोभिड अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नको लागी कुरुवा घर निर्माण गरिने भएको छ ।

संक्रमितका आफन्तहरु कोभिड अस्पताल बाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछी उपमहानगरको पहलमा ब्यवस्थित कुरुवा घर निर्माण गरिन लागेको हो । मेयर तिलक राईको पहलमा मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले घर निर्माण गरिदिने भएको छ । आज शुक्रबार मेयर राई, प्रतिश्ठानका अस्पताल निर्देशक, मारवाडी सेवा समिति र अग्रबाल सभाका पदाधिकारीहरुले स्थलगत निरीक्षण गरेका थिए ।    FB_IMG_1620386558471                           बिरामीका कुरुवाहरुले चौरीमा बिजोग अवस्थामा बस्नु परेको गुनासो गरेको साथै अस्पताल प्रशासनले पनि आग्रह गरेको कारण निर्माणको पहल गरेको मेयर राईले बताए । उनका अनुसार टोइलेटसहित सेड हालेर कुरुवा घर निर्माण गर्न स्टिमेट भइरहेको छ । मारवाडी सेवा समिति अध्यक्ष अनिल अग्रवालले कुरुवा घर तत्काल आवश्यक देखिएको कारण अहिले अस्थायीरुपमा बास र टेण्ट हालेर निर्माण गर्नेबारे छलफल गरेको बताए । "ट्रस्टको बनाउन १५, २० दिन लाग्नसक्छ, त्यहाँ तत्कालै आवस्यक छ । तेसैले ट्रस्टको बन्दै गर्छ, तत्काललाई बाँस र टेण्ट हालेर बनाउने सोच छ," अग्रवालले भने ।FB_IMG_1620386561589