धरान : धरान उपमहानगरपालिकाले धरान १९ स्थित हरियाली वन समुहको आवास गृहमा तत्काल २५ बेडको आईसोलेसन सेन्टर सन्चालन गर्ने भएको छ । 

उपमहानगरले गत बर्ष पनि सोही ठाउँमा आईसोलेसन तयार गरेको थियो । तेतिबेला एकजना पनि संक्रमित राख्नै नपाई कोरोना महामारी कम भएको थियो । यसपाली फेरि कोरोनाको दोस्रो लहर सुरु भएपछि डिसिसिएमसी बैठकले जिल्लाको सबै स्थानीय तहहरुलाई आइसोलेसन सेन्टर बनाउन आग्रह गरेको थियो । तत्काल २५ बेडको आईसोलेसन हुनेछ भने आवस्यकता अनुसार ५० बेडको बनाउने उपमहानगरले जनाएको छ ।                                               IMG-20210507-WA0004


                      आज मेेेयर तिलक राईको उपस्थितिमा वडा १९ का अध्यक्ष पुुुर्ण लिम्बुुुु अध्यक्षतामा बसेको बैैैठकले साविककै आईसोलेसन सन्चलन गर्ने निर्णय गरेको हो । स्वास्त्थ्य  महाअशाखा प्रमुख उमेश मेहताका अनुसार गत बर्षकै निर्णय अनुसार वडा अध्यक्षको संयोजनमा सेन्टर रेखदेख तथा सन्चालन हुनेछ भने उपमहानगरले सम्पुर्ण सामग्री उपलब्ध गराउनेछ । संक्रमितहरु होम आईसोलेसनमा बस्ने अवस्था नभएमा आईसोलेसनमा सेन्टरमा लगेर राखिने मेहताले बताए । सेन्टरमा अक्सिजनको पनि ब्यवस्था हुनेछ भने संक्रमितलाई हेरचाह तथा परामर्श गर्न स्वास्थकर्मी पनि राखिने उनले जानकारी दिए ।   

सिकिस्त अवस्थाका बिरामीलाई तत्काल समन्वय गरेर बिपिको कोभिड हस्पिटलमा लैजान एम्बुलेन्स पनि तयारी अवस्थामा रहने उनले बताए । उक्त सेन्टरको शुक्रबार मेयर तिलक राईसहितको टोलीले अनुगमन गरेको थियो। IMG-20210507-WA0002IMG-20210507-WA0006