सुनसरी: सुनसरीको ईटहरी १७ टिकुलियाका ५५ बर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ । 

हिजो शुक्रबार दिउँसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर चौधरीलाई किचेको थियो । रुखले किचेर गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।