संखुवासभा: संखुवासभाको चिचिला गाउँपालिका ३ पुखुवामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ भित्र ढुंगा खस्दा एक कामदारको मृत्यृ भएको छ ।
म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा खस्दा कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान साँढे ८ बजे सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा खस्दा शुक्लाफाँट नगरपालिका १२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो ।
सोही ढुङगाले लागेर अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाईते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।