विराटनगर: प्रदेश नं १ को दुई जिल्ला सुनसरी र पाँचथरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

आज बिहान ९ बजे सुनसरी गढि गाउँपालिका २ औराबनी का ३५ बर्षीय अरुण चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीलाई ईनरुवा ७ बलाहा छेउमा रहेको ओम सक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरि, दिउँसो साढे ११ बजे पाँचथर याङबरक ५ का २२ बर्षीय रोमी लिम्बुको पनि करेन्ट लागेर मृत्यु भएको छ । घर बनाउने काम गर्ने क्रममा करेन्ट लागेर उनी घाईते भएका थिए । उनको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा दिउसो सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।