धरान: धरानको चारकोशे जंगलमा मानव कंकाल फेला परेका छ । 

ईलाका प्रहरी कार्यालय धरानका अनुसार उक्त कंकालको सनाखत भइसकेको छ । मृतक उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याएको बेला हराएका थिए । मृतक अल्कोहोलिक थिए । मृतकको आफन्तहरु हाल प्रहरी सम्पर्कमा आइसकेको र कंकालमा भएको कपडाको आधारमा पहिचान भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

'कंकाल फेला परेको छ, मृतकको आफन्तहरु आएर पहिचान भइसकेको छ, हामी जंगलमै छौं,' डिएसपी बस्नेतले भने । घटनास्थल धरान १९ स्थित हरियाली सामुदायिक वनबाट दक्षिणमा चारकोशे जंगलको तल्लो फायरलाइन नजिक पर्छ । मृतक बैशाख पहिलो साता नै वीपी प्रतिष्ठानबाट हराएका थिए ।