धरान: नेपाल स्काउट १ नम्बर प्रदेश तदर्थ समितिको पहलमा बिशेषज्ञ चिकित्सकद्घारा स्वास्थ्य परामर्श सेवा दिने उद्देश्यले हेल्पलाइन सेवा सञ्चालनमा आएको छ । 

स्काउटले प्रदेश १ का विभिन्न अस्पतालमा कार्यरत बिशेषज्ञ चिकित्सकहरुसहितको 'डक्टर अन कल' हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको हो । बिशेष गरि लकडाउनको बेला सर्वसाधारणहरु घरमा नै रहेको र उपचारबाट बञ्चित हुनसक्ने भएकोले घरमा नै स्वास्थ्य परामर्श सेवा दिलाउन यो सेवा सञ्चालनमा ल्याएको स्काउट प्रदेश समितिले जनाएको छ । स्काउट प्रदेश समितिका संयोजक रवि खनालका अनुसार हेल्पलाइन सेवामा २३ जना चिकित्सक छन् भने एक जना पोषण विज्ञ पनि छन् । उनीहरु सबैको सम्बन्धित विभाग र मोवाइल नम्बरसहितको पोष्टर स्काउटले सर्वसाधारणहरुको जानकारी लागि आज सार्वजनिक गरेको छ । 

1sanjib

संयोजक खनालका अनुसार कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुलाई मात्र नभै अन्य स्वास्थ्य समस्या भएकाहरुलाई पनि यो सेवा दिइनेछ । ‘घरमा बस्दा पनि आफ्नो स्वास्थ्य अवस्था बुझन पाउने गरि व्यवस्था मिलाएका हौं, यो सेवा आजदेखि शुरु भइसकेको छ,’खनालले भने,‘डाक्टरहरुको नाम, उहाँहरुको विभाग र नम्बर पनि सार्वजनिक गरिएको छ । ह्वाट्सपबाट सम्पर्क गरेर भिडियो कलमार्फत पनि आफ्नो समस्या भन्ने, उचित परामर्श गर्ने सुविधा हुन्छ ।’

फोन वा ह्वाटसपबाट स्वास्थ्य समस्याको परामर्श, उचित सुझाव र औषधीबारे पनि चिकित्सकहरुले सेवा दिनेछन् । रिपोर्टहरु भएमा ह्वाट्सपबाट नै चिकित्सकहरुलाई पठाउने र चिकित्सकहरुले हेरेपछि उचित सुझाव दिनेछन् । ‘रोग लागेर डराएर घरमा त्यतिकै बस्नु भन्दा डाक्टरहरुको परामर्श, सल्लाह लिएर उपचारमा लाग्न सबैमा अनुरोध छ,’संयोकज खनालले भने,‘स्वास्थ्य बिग्रिएर आइसियु, भेन्टिलेटर खोज्न भौतारिनु भन्दा शुरुमा नै राम्रो परामर्श लिएर कोभिडलाई पनि पराजित गरिन्छ भन्ने विश्वास लिएको छौं ।’ उनका अनुसार यो सेवा कोभिड प्रकोप न्युन नभएसम्म र लकडाउन अवधिभर पनि सञ्चालन हुनेछ । 

2mohan

5den

3shilbant

6anjan

4utar

9rajendra

13rojina

8gunjan

7suren

10pramod

21rajdip

12mira

14kumar

22avisekh

11agraj

18guinjan

19prajwal

16adit

17prabid

20ramesh

15guru