धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र ५ का ४२ बर्षीय पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार राती साढे १ बजे कोभिड अस्पतालमा उनको मृत्यु भएको हो । मृतकलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो भने २६ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरि, मोरङको बेलबारी ९ की २८ बर्षीया संक्रमित युवतीको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको हिजो सोमाबार राती ८ बजे प्रतिष्ठानको इर्मजेन्सीमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई हिजो नै प्रतिष्ठानमा भर्ना गरिएको थियो भने हिजो नै संक्रमण पुष्टि भएको थियो । दुवैको शव नियम अनुसार व्यवस्थान भइरहेको प्रतिष्ठानले जनाएको छ ।