इटहरी: असहाय बालबालिका तथा वृद्धाहरुलाई आश्रय दिइरहेको इटहरीस्थित माया घर नेपाल र निःसहाय बालबालिका आश्रमलाई उपप्रमुख लक्ष्मी गौतमले तरकारी सहयोग गरेकी छिन् । 

लकडाउनको कारण तरकारी नभएर समस्या भोगिरहेको जानकारी पाएपछि उपप्रमुख गौतमले ती दुई संस्थालाई सहयोग गरेकी हुन् । गौतम आफै तरकारी लिएर दुवै संस्थामा पुगेकी थिइन् । उनले फुलकोपी, बोडी, करेला, भिण्डी, मुलालागयत हरियो तरकारी थोक बिक्रेताहरुबाट जुटाएर वितरण गरेकी हुन् । 

upa

माया घरमा ९९ जना वेवारिसे, असहाय तथा सडक मानवलाई आश्रय दिइएको भने निःसहाय बालबालिका आश्रममा ४५ जना बालबालिकाहरु आश्रित छन् । लकडाउनले बाहिर हिडडुल गर्न नसकिएको र तरकारी अभावले समस्या भइरहेको बेला उपप्रमुख गौतमले सहयोग गर्दा धेरै राहत पाएको भन्दै माया घरकी सचिव सुभद्रा प्याकुरेलले धन्यवाद दिइन् ।