धरान: इटहरी उपमहानगरपालिकाको वडा नं ३ स्थित सुनौलो टोल सिल गरिएको छ । 

टोलमा विरामी भएका अधिकांशको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र प्रभावितहरुले परीक्षण गर्न नमाने पछि ७ दिनको लागि टोल सिल गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छिन् । उनका अनुसार आज ९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यसमध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

उपमेयर गौतमका अनुसार हिजो सोमबार नै विरामी भएकाहरु पिसिआर परीक्षण गर्न आउने भनेपनि नआएपछि आज टोलमा नै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गरिएको हो । संक्रमणबाट प्रभावितहरुलाई पनि एन्टिजेन परीक्षण गर्न आग्रह गर्दा घरबाट बाहिर ननिस्किएको भन्दै उपमेयर गौतमले चिन्ता प्रकट गरिन् । 'अनौठो कुरा त बढी नै प्रभावित भएकाहरु परीक्षण गर्न नमानेर घर भित्रबाट बाहिर ननिस्किएपछि ९ जनाको मात्र गरिएको हो, आजै सुनौलो टोलाई सिल गर्ने निर्णय गरिएको छ,' उपमेयर गौतमले भनिन् । 

notice