धरान: स्कुल अफ डेमोक्रेसी धरान नगर समितिले नेपाल पत्रकार महासंघ सुनसरीलाई मास्क र सेनिटाईजर वितरण गरेको छ ।

स्कुल अफ डेमोक्रेसी धरान नगर समितिकी अध्यक्ष सुविक्षा राईले महासंघका अध्यक्ष जनकशऋषि राईलाई २० हजार रुपैयाँ बराबरको मास्क र सेनिटाईजर हस्तान्तरण गरेकी हुन् । नगर अध्यक्ष राईले महामारीमा पनि अग्रपंक्तिमा खटिने पत्रकारहरुलाई महामारीबाट सुरक्षित बनाउन मास्क र सेनिटाईजर सहयोग गरिएको बताइन् । उनका अनुसार २५ सय पोका मास्क र २० लिटर सेनिटाईजर वितरण गरिएको छ । यो सँस्कार नेपाली कांग्रेस निकट सुभेच्छुक संस्था हो । 

स्कुल अफ डेमोक्रेसी सुनसरीका अध्यक्ष दोर्ची शेर्पाले संवेदनशील अवस्थामा राज्यको चौथौ अंगको रुपमा रहेको पत्रकाहरु सुरक्षितरुपमा सुचना प्रवाह गर्न सकुन् भनेर नगर समितिले मास्क र सेनिटाईजर वितरण गरेको बताए । पत्रकार महासंघका अध्यक्ष राईले यस्तो विषम परिस्थितिमा सहयोग गरेको भन्दै धन्यवाद दिए । 

सुनसरीमा कोरोनाको दोस्रो लहरमा हालसम्म १२ जना पत्रकारहरुलाई संक्रमण भएको उनले बताए । सुनसरीको धरान, ईटहरी, इनरुवा, दुहवी, बराहक्षेत्र, रामधुनी, हरिनगर, कोशी गाउँपालिका लगायतका स्थानमा मास्क, स्यानिटाईजर वितरण गरिने उनको भनाई छ ।