धरान: धरानको वडा नं ४ स्थित वैदाम खोपमा एक युवाको शव फेला परेको छ ।

स्थानीय एक महिलाले सुँगुरलाई चारो खोज्न जाने क्रममा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । शव करिब २५ देखि ३० बर्ष उमेरका युवाको भएको प्रहरीको भनार्य छ । शव धेरै दिनअघिको भएको हुनाले चिन्न सकिने अवस्थामा नभएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । डिएसपी बस्नेतले आफु पनि शव भेटिएको स्थानतर्फ गइरहेको बताए ।

शव भेटिएको स्थानमा अस्थायी प्रहरी चौकी पत्रांगबारीको टोली पुगिसकेको छ चौकीका एक प्रहरीका अनुसार शवको अनुहार कुहिसकेको हुनाले पहिचान खुल्न सकेको छैन । उक्त शव धरान १४ विजयपुर र धरान ५ झोडापाटाको हराएको व्यक्तिको हुनसक्ने भएकोले पहिचानको लागि आफन्तजन आइरहेको उनले बताए । उनका अनुसार शव भिरालो खोल्सामा भेटिएको छ ।