धरान: सुनसरीको बराहक्षेत्र नगरपालिकाको ३ वटा वडालाई एक साताको लागि सिल गरिएको छ । 

कोरोना संक्रमण बढी फैलिएको भन्दै वडा नं २, ६ र १० लाई पुर्णरुपमा सिल गरिएको हो । मेयर निलम खनालको अध्यक्षतामा कोभिड रोकथाम तथा नियन्त्रण समितिको बैठकले संक्रमण थप फैलन नदिन तीन वटा वार्डलाई सिल गर्ने निर्णय गरेको हो । 

सोही बैठकले कोरोना संक्रमण भएका व्यक्तिको परिवार र शंकास्पद व्यक्तिहरुको पिसिआर र एन्टिजेन परीक्षक व्यापक गर्ने पनि निर्णय गरेको छ । साथै, कोरोना रोकथामको लागि चेतना वृद्धि गर्न माइकिङ गर्ने पनि निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

baraha-sil1baraha-sil2