धरान: कोरोना संक्रमित धरान १७ का एक वृद्धको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार उनको राती १० बजेर ५० मिनेटमा मृत्यु भएको थियो । मृतकलाई ३ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
होम आइसोलेसनमा बस्दै आएका वृद्धलाई हिजो बेलुका अचानक स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । मृतक मधुमेहको पनि विरामी थिए । मृतकको शवलाई आज दिउँसो परिवारले दाहसँस्कार गर्ने योजना रहेको पनि मेहताले जानकारी दिए ।