धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार मृत्यु हुनेमा सप्तरीका एक पुरुष र सुनसरीकी एक महिला छिन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार सप्तरीको अग्नीसाइर कृष्णासरवन २ का ४२ बर्षीय पुरुषको शुक्रबार हिजो दिउँसो साढे ४ बजे कोभिड अस्पतालमा मृत्यु भएको थियो । मृगौलाका विरामी उनलाई जेठ ४ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

यसैगरि, इनरुवा ५ सुनसरीकी ७४ बर्षीया वृद्धाको पनि हिजो ५ बजेर ४५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको थियो । हाइपोथाइरोइडिज्मका विरामी रहेकी वृद्धालाई जेठ ६ गते संक्रमण पुष्टि भएको थियो भने हिजो प्रतिष्ठानमा भर्ना गरिएको थियो । दुवै शवको नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।