धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा ४ का ६४ बर्षीय वृद्ध रहेका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार हिजो आइतबार राती  ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको हो । उनलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियो भने जेठ ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।