धरान: कोरोना संक्रमणबाट धरानका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान २ का ६५ बर्षीय वृद्ध छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा हिजो सोमबार बेलुकी ५ बजेर १० मिनेटमा मृत्यु भएको हो । उच्च रक्तचापका विरामी रहेका उनलाई जेठ ६ गते संक्रमण पुष्टि भएको थियो भने उनलाई आइतबार मात्र प्रतिष्ठानमा भर्ना गरिएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिएको पनि प्रतिष्ठानले जनाएको छ ।