इटहरी: इटहरी उपमहानगरपालिकामा उपमेयर लक्ष्मी गौतमले घरमा पुगेर सुत्केरी महिलाहरुलाई भेट गरेकी छिन् ।
सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता दिदै उपमेयर गौतमले इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई भेट गरेकी हुन् । उनले पौष्टिक खानासहित १० जना सुत्केरीको घरमै पुगेर भेटघाट गरेकी हुन् । दैनिक ज्यालादारी गरेर गरेर जिविकोपार्जन गर्ने परिवारमा लकडाउनले समस्या भइरहेकोले पौष्टिक खानासहित उपमेयर गौतम घरमा पुगेकी हुन् ।
जनप्रतिनिधि घरमै आएर भेटघाट गर्दा सुत्केरीहरु पनि खुशी भएका छन् । उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरुको संख्या पनि वृद्धि भएको बताइएको छ । .