धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
पाख्रिबास २ धनकुटाकी ९१ बर्षीया वृद्धाको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार हिजो राती ७ बजेर ३० मिनेटमा कोभिड अस्पतालमा वृद्धाको मृत्यु भएको हो । उनलाई जेठ ९ गते संक्रमण पुष्टि भएको थियो भने १० गते अस्पताल भर्ना गरिएको थियो । मृतकको शवलाई नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।