धरान: धरानमा युवाहरुको हतियारधारी युवाहरुको एक समुहले प्रहरी चौकीमा प्रहरीमाथि आक्रमण गरेका छन् ।

धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा हतियारसहित आएका आधा दर्जन बढी युवाहरुको समुहले एक्कासी आक्रमण गरेको हो । आक्रमणबाट चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका छन् । उनलाई खुकुरी प्रहार गरिएको र हातमा चोट लागेको बताइएको छ । घटनाको कारण भने खुलिसकेको छैन । घाइतेको वीपीमा उपचार भइरहेको छ ।

वडा नं १५ का अध्यक्ष नरेशकुमार इवारमले घटनाको पुष्टि गरेका छन् । ‘योजनावद्धरुपमा हतियारसहित आएको केटाहरुले एक्कासी आक्रमण गरेछन्, असई साब घाइते भएर उपचार भइरहेको रहेछ,’उनले भने । ईलाका प्रहरी कार्यालय धरानले पनि घटनाको पुष्टि गरेको छ । ‘असई साब घाइते हुनुभएको छ, पछि कुरा गरौ,’एक प्रहरीले भने ।