धरान: कोरोना संक्रमण भएपछि उपचाररत सुनसरीका पत्रकार चन्द्र न्यौपानेको निधन भएको छ । 

विराट शिक्षण अस्पतालमा आज बिहान ८ बजेर २५ मिनेटमा ५० बर्षीय न्यौपानेको निधन भएको अस्पतालका फोकल पर्सन सुनिल देवले जानकारी दिए । उनले भने, उहाँ पोजेटिभ भएर सिवियर निमोनिया भइसके पछि अस्पताल ल्याइएको थियो । यहाँ ११ दिनजति आइसियु र ५,७ दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो । दिन दिनै अवस्था बिग्रदै गयो, र आज बिहान बित्नु भयो । 

न्यौपानेलाई उपचारको क्रममा रेमडिसिभर औषधी प्रयोग गरिएको थियो भने प्लाज्मा थेपारी पनि गरिएको थियो । न्यौपाने इटहरीस्थित सप्तकोशी एफएमका स्टेसन मेनेजर थिए भने नेपालको निजी रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिंग एशोसिएशन अफ नेपाल(वान)को अध्यक्ष थिए । उनलाई नेपाल सरकारले गठन गरेको विज्ञापन बोर्डमा पनि सदस्यमा नियुक्त गरेका थिए । यस्तै, नेकपा एमालेको प्रचार विभागको सदस्य थिए ।