धरान: कोरोना संक्रमणबाट धरानकी एक युवतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान १७ की २८ बर्षीया युवती छिन् । उनको आज बिहान ४ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार युवतीलाई जेठ ९ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भएकी थिइन् । उनको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।