झापा: झापाको बुद्धशान्ती गाउँपालिका ३ धाईजन चौकबाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी शनिबार बेलुका पौने ६ बजे पक्राउ गरेको हो । दुवैको साथबाट ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम पनि वरामद भएको प्रहरीको भनाई छ । पक्राउ परेका दुवैबारे थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।