धरानः  धरान उपमहानगरपालिकाले आफ्ना नागरिकहरुको लागि खोप खरीद गर्ने भएको छ । यसको लागि उपमहानगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वीकृति मागेको छ । 

संघीय तथा प्रदेश सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध गराउन नसकेको भन्दै मेयर राईले आफै खोप खरीद गर्ने भन्दै मन्त्रालयलाई स्वीकृति दिन पत्राचार गरेका हुन् । उक्त पत्रको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश विराटनगरमा बोधार्थ पठाएका छन् । 

कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागरिकलाई आफ्नै स्रोतबाट खोप दिने योजना रहेको पत्रमा उल्लेख गरेका छन् । एक लाख नगरबासीहरुको लाग पहिलो र दोश्रो मात्राको खोप लगाउन दुई लाख डोज खोप आवश्यक पर्ने भन्दै स्वीकृति माग गरिएको छ । 

धरानमा कोरोना महामारीको दोस्रो लहर यता १ हजार ६८६ जनामा संक्रमण देखिएको छ । ती मध्ये सक्रिय सक्रमितको संख्या ५७० रहेको छ भने ३८ जनाले ज्यान गुमाईसकेका छन् ।

khop