धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उर्लाबारी ४ मोरङका ६२ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार हिजो राती ९ बजे कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनलाई जेठ ४ गते संक्रमण पुष्टि भएको थियो भने जेठ १२ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।