धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान ११ का ६३ बर्षीय वृद्ध रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकको आज बिहान ५ बजेर ४५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको थियो । मृतक उच्च रक्तचापका विरामी थिए । उनलाई जेठ ११ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भएको पनि प्रतिष्ठानले जनाएको छ ।