मोरङ: मोरङको जहदा गाउँपालिका १ बुधनगरमा लुकाएर राखेको करिब ५ लाख बराबरको मदिरा प्रहरीले वरामद गरेको छ । 

बुधनगरस्थित खाली जग्गामा लुकाएर राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद भएको हो । गए राती साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त मदिरा वरामद गरेको हो । को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बेबारिसे अबस्थामा मदिराम भेटिएको मोरङ प्रहरीले जनाएको छ । 

madira1

मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार वरामद भएको दिलवाले मदिरा ३०९ कार्टुन रहेको छ । यस्तै, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला परेको छ । बरामद गरिएको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक कारवाहीको लागि  मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको प्रवक्ता राईले जानकारी दिए ।