मोरङ:  मोरङमा चट्याङले र ओखलढुंगामा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । 

 प्रहरीका अनुसा मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङले गर्दा मृत्यु भएको हो । हिजो सोमबार बेलुका राती ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा चौधरी बेहोस भएका थिए । उनलाई उपचारको लागि नोवेल अस्पताल विराटनगरमा लगिएको थियो । उपचारको क्रममा नै चौधरीको राती साँढे ८ बजे मृत्यु भएको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेका छन् । 

यसैगरि, ओखलढुङगाको मोलुङ गाउँपालिका ७ का २५ बर्षीय रबिन अधिकारीको पानीमा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजे साथीहरुसँग मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडेर अधिकारी कुलाको पानीमा डुबेका थिए । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी प्राप्चा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।