धरान: उपचारको क्रममा धरान १५ की कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज दिउँसो २ बजे ४० बर्षीय महिलाको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार मृतकलाई जेठ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने २० गते कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।