धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा एक जना सुनसरीको इटहरीका र अर्का मोरङको सुन्दर हरैचाका वृद्ध छन् । प्रतिष्ठानका अनुसार इटहरीका ६२ बर्षीय वृद्धको आज बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार ती वृद्धलाई जेठ १३ गते संक्रमण पुष्टि भएको थियो भने १८ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । 

यसैगरि, सुन्दरहरैचा ६ मोरङका ७९ बर्षीय वृद्धको पनि आज बिहान ६ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई जेठ २१ गते संक्रमण पुष्टि भएको थियो भने २२ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।