धरान: प्रहरीले मोरङको केराबारीबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । 

मोरङ प्रहरीका अनुसार हिजो साँझ करिब साढे ५ बजे केराबारी गाउँपालिका ९ देवीझोडाका ५९ बर्षीय गणेश लिम्बुको घरबाट हतियार वरामद भएको हो । ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले लिम्बुको घरमा खानतलासी गर्दा कटुवा पेस्तोल एक थान, ३०३ राइफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान र पेस्तोलको गोली १ थान वरामद भएको थियो । यी हतियार र गोली लिम्बुको भान्सा कोठाबाट वरामद भएको प्रहरीले जनाएको छ । 

hati

यस्तै, उनको घरको आँगनमा पार्क गरेको को १ च ८३६८ नम्बरको कारबाट खुकुरी एक थान र चक्कु एक थान वरामद भएको मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिए । उक्त कार बेलबारी नगरपालिका वडा नं २ लालभित्तिका ४१ बर्षीय पदमकुमार लिम्बुको भएको पनि डिएसपी राईले जानकारी दिए । हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बेलाबारीले हातहतियार तथा खरखजना कसुरमा थप अनुसन्धान गरिरहेको पनि मोरङ प्रहरीले जनाएको छ ।