विराटनगर:  विराटनगरको एक घरमा नगद र चाँदीको सिक्री चोरी एक युवा पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका ८ अमर टोलस्थित राजकुमार श्रेष्ठको घरमा आज (बुधबार) बिहानै करिब २ बजे चोरी भएको थियो । मोरङ प्रहरीका अनुसार ५० हजार नगद र अढाई तोला बराबर चाँदीको सिक्रीसमेत चोरी भएको थियो । उक्त घटनाबारे अनुसन्धानको क्रममा प्रहरीले विराटनगर ८ स्थित विश्वकर्मा चोकका २२ बर्षीय अनिल कुमार यादव पक्राउ परेका हुन् ।

प्रहरीले यादवलाई बिहान करिब १० बजे घरबाट नै पक्राउ गरेको थियो । उनको साथबाट चोरी भएको नगद ५० हजार र सिक्रीसमेत वरामद भएको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिए । उनलाई चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।