सुनसरी: सुनसरीको कोशी गाउँपालिका ८ स्थित भण्टाबारीबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय शम्भु कविरथलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाउको छ । उनको साथबाट ९.५४ ग्राम ब्राउन सुगर पनि वरामद भएको छ । पक्राउ परेका कविरथलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।